काठमाडौँ उपत्यकामा आज २३ सङ्क्रमित थपिए

काठमाडौँ, २४ असार- पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा २३ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार काठमाडौँमा १६ र ललितपुरमा ७ जनामा कोरोना सङ्क्रमण देखिएको छ ।

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा गरिएको परीक्षणमा काठमाडौँका छ, पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको परीक्षणमा काठमाडौँका १० र ललितपुरका सात जनामा कोरोना सङ्क्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ ।

त्यस्तै  नेपालमा केहिदिन यता नयाँ कोरोना संक्रमित सङ्ख्या कम हुँदै गएको छ । देशभरको २५ वटा प्रयोगशालामा पिसिआर परिक्षण गर्दा पछिल्लो २४ घन्टाभित्र थप २ सय ५५  संक्रमित थपिएका छन् ।

यो सँगै नेपालका कुल कोरोना संक्रमित सङ्ख्या पु६ हजार ४ सय २३ पुगेको स्वस्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले नियमित पत्रकार प्रेस ब्रिफिङमा जानकारी दिएका हुन् ।

त्यस्तै नेपालका पछिल्लो २४ घन्टा भित्र २५३  थप जना कोरोना संक्रमण मुक्त भई अस्पतालबाट डिस्चार्ज भएर  फर्केका छन्  भने नेपालमा हालसम्म कोरोना संक्रमण मुक्त हुनेको सङ्ख्या ७ हजार ७ सय   पुगेको छ ।

त्यस्तै कोरोना संक्रमणबाट नेपालमा ज्यान गुमाउने सङ्ख्या  ३५ पुगेको छ । पछिल्लो २४ घन्टा मृत्यु हुनेको सङ्ख्या शून्य रहेको छ

Loading...
प्रकाशित मिति २४ असार २०७७, बुधबार १३:५१