हाँस्यकलाकार तथा सञ्चारकर्मी सन्दीप क्षेत्री सहित चारजनाविरुद्ध जाहेरी

काठमाडौं / चर्चित हास्य कलाकार तथा कान्तिपुर टेलिभिजनका कार्यक्रम प्रस्तोता सन्दिप क्षेत्रीविरुद्ध जिल्ला प्रहरी कार्यालय पर्सामा उजुरी परेको छ ।

क्षेत्रीले सार्वजनिक शान्ति खलल पुर्याएको भन्दै पर्साको छिपहरमाइका ३५ वर्षीय अशोक कुशवाहले मंगलबार उनीविरुद्ध उजुरी दिएका हुन् ।

क्षेत्रीसहित कार्यकारी कार्यक्रम उत्पादक तर्फका सुरज सिंह ठकुरी, प्रमुख सम्पादक समाचार तथा समसामयीक प्रशान्त अर्याल, कान्तिपुर मिडिया गुप्रका अध्यक्ष तथा प्रबन्ध निर्देशक कैलाश सिरोहिया र कान्तिपुर मिडिया गुप्रका निर्देशक स्वस्तिका सिरोहियाविरुद्ध पनि उजुरी परेको छ ।

असार १७ गते कान्तिपुर टेलिभिजनमा प्रसारण भएको whats the flop कार्यक्रमले सार्वजनिक हित, सामाजिक सद्भाव, नैतिकताविरुद्ध रहेको जाहेरीमा उल्लेख छ ।

Loading...
प्रकाशित मिति २४ असार २०७७, बुधबार १४:३७