सिन्धुलीमा बोलेरो जीप दुर्घटना : १ जनाको मृत्यु, ३ घाइते

  • राजन परियार, फाइल तस्बिर

सिन्धुली, २४ असार / सिन्धुलीको फिक्कल गाउँपालिका–५ मा बोलेरो दुर्घटना हुदाँ १ को मृ’त्यु भएको छ, भने अन्य तीन जना घाइते भएका छन् ।

सिन्धुलीको खाङसाङबाट सोल्पा जाने क्रममा ना४च ५२८५ नम्बरको बोलेरो दुर्घटनामा हुदाँ फिक्कल गाउँपालिका–५ सोल्पाका धर्मध्वज सुनुवारको मृ’त्यु भएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको हो ।

दुर्घटनामा गम्भीर घाइते भएका सुनुवारलाई उपचारको लागि खुर्कोट लैजाने क्रममा बाटोमै मृ’त्यु भएको प्रहरीले जनाएको छ । उक्त दुर्घटनामा फिक्कल गाउँपालिका–५ का ४९ वर्षीय चालक टोकनाथ पहाडी, ४३ वर्षीया भगवती पहाडी र १७ वर्षीय उज्वल सुनुवार घाइते भएका छन् ।

उनीहरुलाई उपचारका लागि हेलिकप्टरमार्फत् काठमाडौं पठाइएको छ । मृतक सुनुवारको शव पोष्टमार्टमका लागि सुनकोशी सामुदायिक अस्पताल खुर्कोटमा राखिएको छ ।

Loading...
प्रकाशित मिति २४ असार २०७७, बुधबार १५:१२