बोली अलि पिरो हो, केपी ओली हिरो हो…

काठमाडौं / पछिल्लो समय नेपाल कम्युनिस्ट पार्टी (नेकपा) भित्र चर्को विवाद चलिरहेको बेला प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीको समर्थनमा देशका विभिन्न स्थानमा समर्थकहरुले प्रदर्शन गरेको छ ।

प्रधानमन्त्री एवं नेपाल कम्युनिस्ट पार्टी नेकपाका अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारको पक्षमा नुवाकोटका युवाहरूले बृहत प्रदर्शन गरेका छन । बुधबार जिल्ला सदरमुका विदुरमा युवाहरूले प्रधानमन्त्रीको समर्थन र ओली सरकार ढाल्न लागि परेका विदेशीका भरियाहरूको विरूद्धमा प्रदर्शन गरेका हुन ।

त्यस्तै नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को पार्टी एकता कायम गर्न दवाव दिँदै जनकपुरधाममा पार्टी एकताको पक्षमा हुनेहरुले मोटरसाइकल र्याली निकालेका छन् ।

नेकपाका केही नेताहरुलाई देशी विदेशी समूहले विभिन्न नाममा उचालेर पार्टी बिभाजन गरी अस्थिरता निम्त्याउन तर्फ भारतलगायतका शक्ति राष्ट्रहरु लागेको हुदाँ पार्टी एकतालाई कायम राख्न आग्रह गर्दै आफुहरुले दवाव स्वरुप र्याली निकालेको जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर–१३ का वडाध्यक्ष समेत रहेका नेकपा नेता शुभनारायण मण्डलले बताउनुभयो ।

Loading...
प्रकाशित मिति २४ असार २०७७, बुधबार १६:२२