सभामुख सहित सिन्धुपाल्चोक उडेको हेलिकप्टर धुलिखेलबाट फर्कियो

काठमाडौं २५ असार । सिन्धुपाल्चोकको बाह्रबिसे र भोटेकोशी गाउँपालिका लगायतका स्थानमा बाढी पहिरोले ठूलो क्ष’ति भएपछि उ’द्धार कार्य चुस्त बनाउन त्यसतर्फ उडेको नेपाली सेनाको हेलिकप्टर धुलिखेलबाटै फर्किएको छ ।

सभामुख अग्निप्रसाद सापकोटा समेत रहेको हेलिकप्टर खराब मौसमका कारण अवरतरण गर्न नसकेपछि फर्केको हो ।

बाढी पहिरो गएको ठाउँ सभामुख सापकोटाको निर्वाचन क्षेत्र भएकाले सभामुख बाढी पहिरो प्रभा’वित क्षेत्र निरिक्षणका लागि जान लाग्नु भएको थियो ।

सापकोटासँगैं केन्द्रीय सदस्य माधव सापकोटा, काँग्रेस नेता विष्णु खत्री र नेकपा जिल्ला अध्यक्ष झम्क नेपाल, सभामुखका प्रेस संयोजक श्रीधर न्यौपाने त्यसतर्फ गएका थिए ।

लामोसाँघु माथि ठाउँ ठाउँमा बाढी र पहिरोले सडक बगाउँदा सडक बन्द भएका कारण घाइतेहरुको उ’द्धार हुन सकेको छैन् । तसर्थ घाइतेहरुको हेलिकप्टरबाट उ द्धार गर्न लागिएको हो । जम्बुमा केही बाढीले बगाएका घाइतेहरुलाई उपचारका लागि काठमाडौं ल्याउने तयारी भइरहेको छ । इमेेेज खबर

• सिन्धुपाल्चोक अपडेट : २२ जना बेपत्ता, ३२ घर बगायो (भिडियो सहित)

Loading...
प्रकाशित मिति २५ असार २०७७, बिहीबार ०५:१९