सुनकाे मूल्य अहिलेसम्मकै उच्च, हेर्नुस् तोलाको कति पुग्यो?

काठमाडौं २५ असार /  सुनको मूल्य अहिलेसम्मकै उच्च भएकाे छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार सुनकाे मूल्य प्रतिताेला ९२ हजार ४ सय ताेकिएकाे छ। बुधबार सुनकाे मूल्य प्रतिताेला ९१ हजार ५ सय रुपैयाँ थियाे।

सुनकाे मूल्य आज ९ सय रुपैयाँले बढेकाे हाे।बुधबार पनि सुनको मूल्य प्रतितोला ६ सय रुपैयाँले बढेको थियाे।

यस्तै मंगलबार पनि सुन प्रतितोला ७ सय रुपैयाँले बढेको थियो।

सुनसँगै चाँदीको मूल्य पनि बढेको छ। चाँदीको मूल्य तोलाको ९८० रुपैयाँ ताेकिएकाे छ। हिजाे चाँदीकाे मूल्य प्रतिताेला ९५५ रुपैयाँ तोकिएको थियाे।

त्यस्तै  बिहिबार अमेरिकी डलरसहित अन्य सबै देशको भाउ बढेको छ । आज नेपाल राष्ट्र बैंकले तोकेको विनिमयदर अनुसार  एक अमेरिकी डलरको खरिददर १ सय १९ रुपैयाँ ७३ पैसा तोकिएको छ भने बिक्रिदर १ सय २० रुपैयाँ ३३ पैसा तोकिएको छ ।

एक मलेसियन रिँगिटको खरिददर २८ रुपैयाँ २ पैसा तोकिएको छ भने बिक्रिदर २८ रुपैयाँ १६ पैसा तोकिएको छ । त्यस्तै एक कुवेती दिनारको खरिददर ३ सय ८८ रुपैयाँ ७४ पैसा तोकिएको छ भने बिक्रिदर ३ सय ९० रुपैयाँ ६९ पैसा तोकिएको छ । त्यस्तै एक बहराईन दिनारको खरिददर ३ सय १७ रुपैयाँ ५५ पैसा तोकिएको छ भने बिक्रिदर ३ सय १९ रुपैयाँ १४ पैसा तोकिएको छ ।

एक साउदी रियालको खरिददर ३१ रुपैयाँ ९२ पैसा  तोकिएको छ भने बिक्रिदर ३२ रुपैयाँ ८ पैसा तोकिएको छ । एक कतारी रियालको खरिददर ३२ रुपैयाँ ८८ पैसा तोकिएको छ भने बिक्रिदर ३३ रुपैयाँ ५ तोकिएको छ । त्यस्तै कोरियन वन एक सयको खरिददर १० रुपैयाँ १ पैसा तोकिएको छ भने बिक्रीदर १० रुपैयाँ ६ पैसा तोकिएको छ । त्यस्तै आज एक युएई दिरामको खरिददर ३२ रुपैयाँ ६० पैसा तोकिएको छ भने बिक्रिदर ३२ रुपैयाँ ७६ पैसा तोकिएको छ।

त्यस्तै आज एक यूरोपियन यूरोको खरिददर १ सय ३५ रुपैयाँ ५ पैसा रहेको छ भने बिक्रिदर १ सय ३५ रुपैयाँ ७२  पैसा रहेको छ। एक युके पाउण्ड स्ट्रलिङको खरिददर १ सय ५० रुपैयाँ ८ पैसा तोकिएको छ भने बिक्रिदर १ सय ५० रुपैयाँ ८४ पैसा  तोकिएको छ।

Loading...
प्रकाशित मिति २५ असार २०७७, बिहीबार ०७:२६