आँखामा पट्टि बाधेरै सिन्धुपाल्चोक पुगे सभामुख सापकोटा

काठमाडौं, असार २५। सिन्धुपाल्चोकको भोटेकोशी नदीको बाढीले ३२ घर बगाएको छ भने एक झण्डै दुई दर्जन  मनिस बाढीले बगाउँदा वेपत्ता भएका छन् । बाह्रबिसे नगरपालिकाको जम्बु भन्ने ठाउँमा बाढीले घर बगाएको हो ।

स्थानीय अनन्तप्रकाश श्रेष्ठका अनुसार १४ घरका १९ जना हराइरहेको र दुई जनाको शव फेला परेको छ । बाढीमा हराइरहेकाहरुको खोजी कार्य भैरहेको उनले बताए । इलाका प्रहरी कार्यालय बाह्रबिसेका प्रहरी निरीक्षक नवराज न्यौपानेले बाढीले घरहरु बगाएको र केही व्यक्ति वेपत्ता भएको बताउनुभयो ।

जलविद्युत आयोजनाहरुमा पनि बाढीले क्षति पुर्याएको छ । यस्तै आपतोल भन्ने ठाउँमा पक्की पुल बगाएको छ । इलाका प्रहरी कार्यालयको अघिको पुल र अरनिको राजमार्ग समेत बाढीले बगाएको प्रहरी निरीक्षक न्यौपाने जानकारी दिनुभयो ।

‘घर बगाएको ठाउँ मवाट चार किलोमिटर मात्रै रहेपनि सडक नभएकाले दुई घन्टा लाग्ला म त्यतै जाँदैछु,’ प्रहरी निरीक्षक न्यौपानेले भन्नुभयो । बाह्रबिसेको जुरेदेखि नै बाटो अबरुद्ध भएकाले उद्धारमा कठिनाइ भएको प्रहरीले जनाएको छ ।

त्यस्तै सभामुख अग्नी सापकोटा सिन्धुपाल्चोक बाढी पहिरो क्षेत्रमा अवलोकन गर्न पुगेका छन् । पहिलोपटक उडेको हेलिकप्टर मौसम खराबीका कारण धुलिखेलबाट फर्किएको थियो । तर, सभामुख सापकोटा फेरि दोस्रो पटक हेलिकप्टरबाट सिन्धुपाल्चोक पुग्नु भएको हो ।

बुधबार आँखामा समस्या आएपछि शल्यक्रिया गरेको आँखामा पट्टी बाँधेरै उनी बाढी पहिरो प्रभावितस्थलमा पुगेका हुन्। सिन्धुपाल्चोकको बाह्रबीसे नगरपालिका-५ जम्बुमा गएराति बाढी पहिरो जाँदा दुईजनाको मृत्यु भइसकेको छ भने २० जना बेपत्ता छन्।

Loading...
प्रकाशित मिति २५ असार २०७७, बिहीबार ०९:५७