सुनको भाउ उकालो लाग्दै १ तोलाको ९२ हजार ४ सय

काठमाडौं – सुनको भाउले अहिलेसम्मकै महंगोको नयाँ रेकर्ड बनाएको छ। आज बिहीबार सुनको भाउ प्रतितोलामा ९ सयले बढेको छ ।

सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको भाउ प्रतितोला ९२ हजार ४ सय पुगेको छ । यो अहिलेसम्मकै सुनको उचाइको मूल्य रहेको छ ।

यो भन्दा अगाडि गएको असार १७ गते सुन तोलाको ९१ हजार ७ सय रुपैयाँ मात्र थियो अहिले सुनको भाउले नयाँ रेकर्ड सँगै ९२ हजार ४ सय पुगेको हो । बुधबार प्रतितोलामा ६ सयले बढेको सुनको मूल्य ९१ हजार ५ सयमा कारोबार भएको थियो ।

अन्तर्राष्ट्रिय बजारमै सुनको मूल्य बढिरहेको हुनाले नेपालमा पनि बढेको जानकारी छ। चाँदीको मूल्यमा पनि २५ रुपैयाँले बढेर ९ सय ८० प्रतितोला पुगेको छ।

 

 

Loading...
प्रकाशित मिति २५ असार २०७७, बिहीबार १०:०७