बाह्रबिसे बाढीमा परेर बेपत्ता हुनेको २० जनाको परिचय खुल्यो

 

सिन्धुपाल्चोक – लगातार वर्षा परिरहेको बेला सिन्धुपाल्चाेकमा आज गएको बाढी र पहिराेमा परी बेपत्ता रहेकाहरूको पहिचान खुलेको छ ।

जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका अनुसार बाह्रबिसे नगरपालिका निवासी १६ जना र भोटेकोशी गाउँपालिका निवासी  ४ जना बेपत्ता भएका छन् ।बाह्रबिसे नगरपालिकाका बेपत्ता हुनेमा भीमबहादुर वाइबा, चिनीमाया वाइबा, लीलामाया वाइबा, पासाङडोल्मा वाइबा, निमाडोल्मा वाइबा, लक्ष्मण वाइबा, सुनमाया वाइबा, जनकबहादुर वाइबा, सविना तामाङ, हिमेश शर्मा, आकाश तामाङ, आकाश केसी, तोकबहादुर तामाङ, युक्तकुमार तामाङ, सुवेस तामाङ र सलिना तामाङ रहेका छन् ।

यसैगरी भाेटेकाेशी गाउँपालिकाका निमादोर्जे तामाङ, मञ्जु तामाङ, पासाङ नोर्बु तामाङ र सहिल तामाङ बेपत्ता छन् । निकेश बस्नेत र उनकी ३ वर्षीया छोरी नियोन बस्नेतको शव फेला परिसकेको छ भने बाँकी बेपत्ता रहेकाहरूको तलास भइरहेको छ । परि परि झन् परि भने झैँ नोवेल कोरोना को संकटमा प्राकृतिक घटना आइरहेको छ ।

 

Loading...
प्रकाशित मिति २५ असार २०७७, बिहीबार १०:३३