आइतबारदेखि सार्वजनिक बस चल्ने, पचास प्रतिशत भाडा बढ्याे

काठमाडौं / मुलुकमा लकडाउनसँगै बन्द भएका सार्वजनिक बस आइतबारदेखि चल्ने भएको छ । मन्त्रिपरिषदकाे बिहीबार बसेकाे बैठकले पचास प्रतिशत भाडा वृद्धि गरी सवारी चलाउन पाउने निर्णय गरेकाे हाे ।

सवारी साधनले क्षमताकाे पचास प्रतिशत मात्र यात्रु राख्न पाइने निर्णय पनि बैठकले गरेकाे छ । याे व्यवस्था काठमाडाैं उपत्यकाकाे हकमा तीनै जिल्ला र बाँकीमा जिल्लाभित्र मात्र सञ्चालन गर्न पाइने छ ।

कोरोना भाइरस संक्रमणप्रति सतकर्ता अपनाउन मुलुकमा चैत ११ गतेदेखि लकडाउन गरिएसँगै सार्वजनिक तथा भाडाका सबै सवारी साधन बन्द भएका छन् । सरकारले आउँदो साउन ७ गतेसम्म मुलुकमा लकडाउन अहिलेकै अवस्थामा कायम राख्ने निर्णय गरेपनि केही खुकुलाे गरी सार्वजनिक सवारी सञ्चालन गर्ने निर्णय गरेकाे छ ।

नेपाल यातायात व्यवसायी राष्ट्रिय महासघले ‘लामो समयको लकडाउनले व्यवसायी तथा मजदुर आर्थिक संकटमा परेको,  र सरकारले पनि राहत उपलब्ध नगराएको’ भन्दै सार्वजनिक बस गत आइतबारदेखि नै चलाउने निर्णय गरेको भएपनि सञ्चालन भने गरेकाे थिएन ।

Loading...
प्रकाशित मिति २५ असार २०७७, बिहीबार ११:५८