पोखरामा पहिरो :  ४ जनाकाे मृत्यु, केही घाइते

पाेखरा, २६ असार / अविरल वर्षाका कारण पाेखराका विभिन्न ठाउँमा पहिराे गएकाे छ । पोखराको सराङकोट र हेम्जामा आएको पहिरोमा परी  कम्तीमा पनि ३ जनाको मृत्यु भएको जनाइएकाे छ ।

साे घटनामा ६ जना घाइते भएकाे र केही घरमा समेत क्षति पुगेकाे छ । पोखरा महानगरपालिका- १८ स्थित सराङकोटको गोठादीका टंकबहादुर थापाको घर पहिरोमा परेकाे छ । उक्त घरका ३ जनाको मृत्यु भएको हो ।

घाइतेमध्ये ४ जनाको मणिपाल शिक्षण अस्पतालमा उपचारार्थ लगिएको र बाँकी २ जना सामान्य घाइतेलाई उद्धार गरी अस्पताल लगिँदै गरेकाे जानकारी प्राप्त भएकाे छ ।

त्यस्तै  लमजुङको बेसीसहर नगरपालिका–७, सातबिसेमा दीपक तामाङको घर पहिरोले पुरिंदा एकै घरका तीन जनाको ज्यान गएको छ ।

घरधनि दीपक तामाङ, उहाँकी श्रीमती बिमाया तामाङ र छोरा सेवाङ तामाङको मृत्यु भएको लमजुङका प्रहरी नायब उपरीक्षक गङ्गाबहादुर थापाले जानकारी दिनुभयो । प्रहरीका अनुसार अरु तीन जना सामान्य घाइते भएका छन् ।

राति खाना खाएर सुतेको बेला ११ बजे माथिबाट आएको पहिरोले घर पुर्दा उनीहरु तीनै जनाको मृत्यु भएको डिएसपी थापाले बताउनुभयो ।

राति १२ बजे घटनास्थलमा पुगेको प्रहरी टोलीले पहिरोबाट तीनैजनालाई निकालेर जिल्ला अस्पताल पुर्‍याएको थियो। ‘अस्पताल पुर्‍याउनासाथ डाक्टरले तीनै जनालाई मृत घोषणा गरेका डिएसपी थापाले जानकारी दिनुभयो।

पहिरोले वरपरिका अन्य घरमा भने कुनै क्षति नगरेको प्रहरीले जनाएको छ। लमजुङमा बिहीबार साँझदेखि सुरु भएको वर्षा अझै थामिएको छैन।

–  फाइल तस्बिर 

Loading...
प्रकाशित मिति २६ असार २०७७, शुक्रबार ०१:३९