अष्ट्रेलियामा पढ्न गएका एक विद्यार्थी जेल चलान

एजेन्सी – अस्ट्रेलियामा ठगीकाे अाराेप लागेका एक नेपाली विद्यार्थी जेल चलान भएका छन् । बिहीबार न्यूसाउथवेल्स राज्यको सदरल्याण्डस्थित अदालतले ठगी मुद्दाका आरोपित उनलाई १८ महिनाको जेल सजाय सुनाएको हाे ।

ती विद्यार्थी २० वर्षका रहेकाे र उनी सन् २०१८ मा ‘आईटी’ विषय अध्ययनका लागि भनेर सिड्नी आएकाे खुलेकाे छ । उनी गत मार्च ३ मा न्यूसाउथवेल्स प्रहरीकाे फन्दामा परेका थिए ।

ठगी आरोपमा उनलाइ पक्राउ गरी अनुसन्धान थालिएकाे थियो । अनुसन्धानबाट उनले भारतबाट सञ्चालित गिरोहको सञ्जालसँग मिलेर अस्ट्रेलियाका वृद्धवृद्धाको क्रेडिट कार्डबाट पैसा चोरी गरेको पुष्टि भएको थियाे ।छलकपट गरेर आर्थिक लाभ लिएकोसहित १० वटा आरोप लगाउँदै स्थानीय बरउड अदालतमा पेश गरिएका उनले अदालतमा सबै आरोपहरू स्वीकारेका थिए ।

जेल सजाय सकिनासाथ उनी डिपोर्ट हुने सम्भावना रहेको जनाइएकाे छ ।छलकपट गरी उनले ४ जना अस्ट्रेलियन नागरिकको कार्डबाट २१ पटकमा १८ हजार ५ सय डलर चोरी गरेकाे पुष्टि भएकाे छ ।

 

Loading...
प्रकाशित मिति २६ असार २०७७, शुक्रबार ०८:०८