मगर संसार ग्रुपको चित्रकला प्रतियोगिता २०७७ सम्पन्न (फोटो फिचर)

 

काठमाडौं – सामाजिक संजाल फेसबुक ग्रुप ‘मगर संसार’ ले आयोजना गरेको चित्रकला प्रतियोगिता-२०७७ सम्पन्न भएको छ ।  प्रतियोगितामा जम्मा १९२ जना चित्रकारहरूका चित्रहरू प्रस्तुत भएका थिए । उक्त ‘मगर संसार’ ग्रुपको प्रतियोगितामा केबल मगरहरूले मात्र भाग लिन पाइने थियो र प्रतियोगितामा चित्र मगर संघका ३ शीर्ष ब्यक्तिहरूको तस्वीरलाई स्केच बनाइ तस्वीर खिचेर आफ्नो कला प्रस्तुत गर्ने नियम थियो ।

प्रतियोगितामा विजेता मतको आधारमा राखिएको थियो,मत लाइक सिस्टममा गरिएको थियो । मतको आधारमा पाएको लाइक जसले धेरै प्राप्त गर्‍यो उही विजेता घोषणा गरिने नियम उल्लेखित थियो । प्रतियोगितामा पुरस्कार नगद दिइने नियममा उल्लेखीत छ । विजेता प्रथम,द्वितीय,तृतीय,सान्त्वना र उत्कृष्ट  गरि पाँच जनालाई पुरस्कृत गरिने छ ।

पुरस्कार प्रथम हुनेलाई २० हजार द्वितीय हुनेलाई ७ हजार तृतीय हुनेलाई ५ हजार शान्त्वना हुनेलाई ३ हजार र उत्कृष्ट हुनेलाई ५ हजार दिइने भएको छ ।

सन्जु थापा मगर 

प्रतियोगितामा तनहुँका सन्जु थापा मगरले उत्कृष्ट स्थान हासिल गरेका छन् ।

नवीन घर्ती मगर 

प्रतियोगितामा सबै भन्दा धेरै लाइक रियाक्ट १२९६२ प्राप्त गरि दैलेखका चित्रकार नवीन घर्ती मगरले प्रथम स्थान हासिल गरेका छन् । 

उषा पाइजा मगर

म्याग्दीकी चित्रकार उषा पाइजा मगरले  लाइक रियाक्ट १२८८२ प्राप्त गरि द्वितीय स्थान हासिल गरेकी हुन् ।

मुना थापा मगर 

पाल्पाकी मुना थापा मगरले लाइक रियाक्ट १०२५० प्राप्त  गरि तेस्रो स्थान हासिल गरेकी छिन् ।

तेजेेेेन्द्र बुुुुढामगर

प्युठानका तेजेन्द्र बुढा मगरले लाइक रियाक्ट ६३८३ प्राप्त गरि शान्त्वना स्थान हासिल गरेका छन्  ।

पुरस्कार प्रायोजन मगर संसार ग्रुप भित्रका बुद्धिजीवी तथा समाजसेवीहरूले गरेका छन् प्रथम पुरस्कार प्रायोजन गर्ने स्याङ्जा जिल्ला घर भइ ‘युनाइटेड किङडम’मा रहने सुश्री सिअरा राना मगरले गरेकी छिन्, द्वितीय पुरस्कार स्याङ्जा जिल्ला वालिङका  श्री चित्र बहादुर गाहामगर,तृतीय पुरस्कार सुश्री भूमिका फँगामीमगर,सान्त्वना पुरस्कार श्री थमन नाइसामगर र उत्कृष्ट पुरस्कार रोल्पा जिल्ला मादी ६ का श्री कृष्ण घर्ती मगरले प्रायोजन  गरेका हुन् ।

Loading...
प्रकाशित मिति २७ असार २०७७, शनिबार ०६:२६