देशमा २४ घण्टा यता कोरोनाबाट ३ जनाको मृत्यु

 

काठमाडौं  नेपालमा केही दिन यता नयाँ कोरोना संक्रमित सङ्ख्या कम हुँदै गएको छ । देशभरको २५ वटा प्रयोगशालामा पिसिआर परिक्षण गर्दा पछिल्लो २४ घन्टाभित्र थप ७० जना संक्रमित थपिएका छन् ।

यो सँगै नेपालका कुल कोरोना संक्रमित सङ्ख्या १६ हजार ७ सय १७ पुगेको स्वस्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले नियमित पत्रकार प्रेस ब्रिफिङमा जानकारी दिएका हुन् ।

त्यस्तै नेपालका पछिल्लो २४ घन्टा भित्र थप ४३८ जना कोरोना संक्रमण मुक्त भई अस्पतालबाट डिस्चार्ज भएर  फर्केका छन्  भने नेपालमा हालसम्म कोरोना संक्रमण मुक्त हुनेको सङ्ख्या ८ हजार ८ सय  ४८ पुगेको छ ।

त्यस्तै कोरोना संक्रमणबाट नेपालमा ज्यान गुमाउने सङ्ख्या  ३८  पुगेको छ । पछिल्लो २४ घन्टा मृत्यु हुनेको सङ्ख्या ३ रहेको छ ।

 

Loading...
प्रकाशित मिति २७ असार २०७७, शनिबार १०:५९