क्वारेन्टिमा राखिएका ६६ वर्षीय पुरुषको मृत्यु परिक्षण गर्ने तयारी

तनहुँ  – तनहुँको भानु नगरपालिका-२ स्थित शारदा कलेजमा तयार गरिएको क्वारेन्टिनमा राखिएका ६६ बर्षीय पुरुषको मृत्यु भएको छ ।

रोजगारीको शिलशिलामा भारत गएका उनी गत असार २४ भारतबाट विरामी अवस्थामै स्वदेश फर्किएका थिए फर्किएपछि  क्वारेन्टिनमा बसेका उनी आज राती अचानक बिरामी परेका थिए बिरामी परेपछि राखिएका बिहान उपचारका लागि पोखरा लग्दै गर्दा उनको मृत्यु भएको जानकारी दिइएको छ ।

सुगर, प्रेसर, दम, प्यारालाइसिस जस्ता दीर्घरोगबाट पीडित उनी शनिबार राती अचानक स्वास्थ्य समस्या देखिएको भानु नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख ऐश्वर्यचन्द्र भट्टराईले जानककारी दिनभयो ।

भारतबाट आएका ती पुरुषमा दीर्घरोगको समस्या रहेको हुँदा होम क्वारेन्टिनमै राख्न अनुरोध गरिएको भएपनि घरपरिवार र स्थानीयले नै क्वारेन्टिनमा राख्नुपर्ने बताएपछि राखिएको थियो ।

हिजोसम्म उनको स्वास्थ्यमा खासै केही समस्या नदेखिएको भएपनि बिहान अचानक स्वास्थ्यमा समस्या आएको थियो । अचानक स्वास्थ्यमा समस्या आएपछि ती पुरुषलाई थप उपचारका लागि गण्डकी अस्पताल पोखरा पठाइएको स्वास्थ्य शाखा प्रमुख भट्टराइले बताउनुभयो ।

प्रमुख जिल्ला अधिकारी बद्रीनाथ अधिकारीका अनुसार बिरामीलाई तत्काल उद्धार गरी थप उपचारका लागि पोखरा लग्दै गर्दा बाटोमा मृत्यु भएको र उनको स्वाब नमुना संकलन गरी पिसिआर प्रविधिबाट कोरोना परीक्षण गर्ने तयारी भएको छ ।

 

Loading...
प्रकाशित मिति २७ असार २०७७, शनिबार ११:२१