बाढी प्रभावित क्षेत्रको निरीक्षण गर्न चितवनमा प्रचण्ड

काठमाडौं / नेपाल कम्युनिस्ट पार्टी ९नेकपा० अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले चितवनका बाढी प्रभावित क्षेत्रको निरीक्षण गरेका छन् । आज गृहजिल्ला चितवन पुगेका अध्यक्ष दाहालले बाढीबाट क्षति पुगेका क्षेत्रको निरीक्षण गर्नुका साथै बाढी प्रभावितहरुसँग भेटघाट समेत गरेका छन् ।

भरतपुर महानगरपालिका २७ र २८ को सिमाना निउरेमा नारायणी नदीले कटान गरेको क्षेत्रको अवलोकन गर्दै अध्यक्ष प्रचण्डले तटबन्धनको काम प्रभावकारी तरिकाले गर्न निर्देशन दिएका छन् ।

सो क्षेत्रमा नदीले ४ मिटर कटान गरिसकेको छ भने तटबन्ध निर्माणको कार्य पनि भइरहेको छ । तटबन्ध निर्माणमा खटिरहेका नेपाली सेना, शसस्त्र प्रहरी र स्थानीय युवाहरुको कामको उनले प्रशंसा गर्दै धन्यवाद दिएका छन् ।

Loading...
प्रकाशित मिति २७ असार २०७७, शनिबार १३:३४