जया, ऐश्वर्या र आराध्याको कोरोना रिपोर्ट यस्तो आयो

काठमाडौं / बलिउड अभिनेता अमिताभ बच्चनकी पत्नी एवं अभिनेत्री जया बच्चन र बुहारी ऐश्वर्या राय बच्चनका साथै नातिनी आराध्याको कोरोना परीक्षण नेगेटिभ आएको छ ।

अमिताभ र अभिषेकमा कोरोना संक्रमण देखिएपछि शनिबार राति नै मुम्बईस्थित नानावती अस्पताल भर्ना गरिएको छ । उनीहरुमा कोरोना पोजेटिभ देखिएसँगै परिवारका अन्य सदस्यको पनि परीक्षण गरिएको हो ।

अमिताभका परिवारका अन्य सदस्य साथै घरमा काम गर्ने कामदारको पनि परीक्षण गरिएको छ । जया बच्चन, ऐश्वर्या र आराध्याको कोरोना रिपोर्ट नेगेटिभ आएको पनि बाकीँ कर्मचारीको भने रिपोर्ट आउन बाकीँ रहेको छ ।

कोरोना संक्रमण भएको जानकारी पाएपछि बलिउडका कलाकार र प्रशंसकहरूले अमिताभ र अभिषेक दुवैलाई स्वास्थ्य लाभको कामना गरेका छन् ।

यो पनि : बलिउड अभिनेता अमिताभ बच्चनलाई कोरोना संक्रमण, अस्पताल भर्ना गरियो

Loading...
प्रकाशित मिति २८ असार २०७७, आईतवार ०३:२९