गण्डकी प्रदेशमा थपिए १५ कोरोना संक्रमित

काठमाडौं / आज गण्डकी प्रदेशको सात जिल्लामा १५ जना कोरोना संक्रसमित थपिएका छन् । स्वास्थ्य निर्देशनालय गण्डकीका निर्देशक डाक्टर बिनोद विन्दु शर्माका अनुसार क्षयरोग उपचार केन्द्र, पोखरा र पोखरा स्वास्थ्य बिज्ञान प्रतिष्ठान, पोखरा गरिएको परिक्षणमा गण्डकी प्रदेशमा थप १५ जना संक्रमित भेटिएको हो ।

नयाँ संक्रमितहरुमा तनहुँमा ६, बाग्लुङ, पर्वतका दुई-दुई जना छन् । त्यस्तै, नवलपरासी, स्याङजा, गोरखा र लमजुङमा एक-एक जना संक्रमित थपिएका हुन् ।

संक्रमित सबै व्यक्तिहरुलाई सम्बन्धित जिल्लाहरुमा रहेका आईसोलेसन कक्षमा लैजाने तयारी भैरहेको छ ।

योसंगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या ११९२ पुगेको छ । यसैबीच, गण्डकी प्रदेशमा निको भएर डिस्चार्ज हुनेको संख्या ७३६ पुगेको छ ।

Loading...
प्रकाशित मिति २८ असार २०७७, आईतवार ०५:३४