संखुवासभामा पहिरोले घर बगाउँदा , ११ जना बेपत्ता

संखुवासभा २८ असार / संखुवासभामा पहिरोमा पुरिएर ११ जना बेपत्ता भएका छन् । सिल्चुङ गाउँपालिका– १ को सिशुवामा आज बिहान पहिरो जाँदा ११ जना बेपत्ता भएको प्रहरीले जनाएको छ ।

पहिरोले ८ वटा घर पुरिएको प्रहरी नायब उपरिक्षक नवराज मल्लले जानकारी दिनु भयो । बेपत्ताहरुको खोजी कार्य भइरहेको जनाइएको छ ।

थप विवरण आउन बाँकी छ । – फाइल तस्बिर 

अन्य समाचार :काठमाडौं- आज गण्डकी प्रदेशको सात जिल्लामा १५ जना कोरोना संक्रसमित थपिएका छन् ।

स्वास्थ्य निर्देशनालय गण्डकीका निर्देशक डाक्टर बिनोद विन्दु शर्माका अनुसार क्षयरोग उपचार केन्द्र, पोखरा र पोखरा स्वास्थ्य बिज्ञान प्रतिष्ठान, पोखरा गरिएको परिक्षणमा गण्डकी प्रदेशमा थप १५ जना संक्रमित भेटिएको हो ।

नयाँ संक्रमितहरुमा तनहुँमा ६, बाग्लुङ, पर्वतका दुई-दुई जना छन् । त्यस्तै, नवलपरासी, स्याङजा, गोरखा र लमजुङमा एक-एक जना संक्रमित थपिएका हुन्

संक्रमित सबै व्यक्तिहरुलाई सम्बन्धित जिल्लाहरुमा रहेका आईसोलेसन कक्षमा लैजाने तयारी भैरहेको छ ।

योसंगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या ११९२ पुगेको छ । यसैबीच, गण्डकी प्रदेशमा निको भएर डिस्चार्ज हुनेको संख्या ७३६ पुगेको छ ।

Loading...
प्रकाशित मिति २८ असार २०७७, आईतवार ०६:४९