काठमाडौं २८ असार / नेपालमा कोरोना संक्रमित सङ्ख्या हालसम्म १६ हजार ८ सय १ पुगेको छ ।
देशभरको २५ वटा प्रयोगशालामा ३ हजार ९ सय १६ जनाको पिसिआर परिक्षण गर्दा पछिल्लो २४ घन्टामा थप ८२ जनामा कोरोना संक्रमण देखिएको जनसंख्या तथा स्वस्थ्य मन्त्रालय प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दपनुभयो ।
त्यस्तै हालसम्म कोरोना मुक्त भइ विभिन्न अस्पतालबाट डिस्चार्ज हुनेको सङ्ख्या ८ हजार ५ सय ८९ रहेको छ भने । पछिल्लो २४ घन्टामा १ सय ४७ जना कोरोना संक्रमितहरुले कोरोना जितेर घर फर्केका छन् ।
त्यस्तै पछिल्लो २४ घन्टामा कोरोनाबाट ज्यान गुमाउनेको सङ्ख्या शुन्य रहेको छ । हालसम्म कोरोनाबाट ज्यान गुमाउने सङ्ख्या ३८ रहेको छ ।