मुन्द्रेको कमेडी क्लबमा क्याप्टेन विजय लामा

काठमाडौँ – नेपाल टेलिभिजनमा प्रसारण हुने चर्चित कमेडी शो हो ‘मुन्द्रेको कमेडी क्लब’ । पछिल्लो समय यो शो निकै चर्चामा छ । चर्चित हास्यकलाकार जितु नेपालले सञ्चालन गर्ने मुन्द्रेको कमेडी क्लबमा नेपालका चर्चित हास्यकलाकारहरुको सहभागिता रहेको छ ।

साथै यस शोमा नयाँ नयाँ चर्चित कलाकार तथा सामाजिक अभियन्ताहरु अतिथि बनेर आउने गर्छन् । हास्य टेलिचलचित्र ‘जिरे खुर्सानी’ बन्द भएपछि मुन्द्रेको कमेडी क्लबमा जमेका जितु नेपालले चलचित्र ‘छक्का पञ्जा ३’मा कार्यकारी निर्माताको रुपमा काम गरेर पनि निकै चर्चा कमाए ।

अहिले उनी निर्देशक दीपाश्री निरौलालाई समेत लिएर सानो पर्दामा फर्किएका छन्। यस कार्यक्रममा जितु र दीपासँगै राजाराम पौडेल, राजेन्द्र नेपाली, उमेश राईलगायतका हास्य कलाकारहरूको अभिनय देखिएको छ । कमेडी शो ‘मुन्द्रेको कमेडी क्लब’ अहिले ३७ औँ भाग पुगेको छ । यस कमेडी शोको ३७ औँ भागमा पाल वायुसेवा निगमका वरिष्ठ क्याप्टेन विजय लामा अतिथि बनेर आएका छन् । हेर्नुहोस् मुन्द्रेको कमेडी क्लबको यो भिडियो

Loading...
प्रकाशित मिति १४ श्रावण २०७६, मंगलवार ०८:१६