नेपालले बन्देज लगाएका ४ भारतीय न्युज च्यानल बाहेक अरू खुला

काठमाडौं – नेपालमा प्रसारण बन्द गरिएकाे भारतीय न्युज च्यानलहरूमाथिकाे बन्देज हटाइएकाे छ । केवल अपरेटरहरूले ४ वटा च्यानल बाहेक अन्य भारतीय न्युज च्यानलहरू प्रसारण खुलाएका हुन् ।

बसेको केवल अपरेटरहरूको बैठकले शीर्ष स्थानमा रहेका भारतीय समाचार च्यानल जी-न्युज,आजतक, इन्डिया टिभी र एबिपी न्युज बाहेक अन्यकाे प्रसारण खुल्ला गरेका हुन् । तर उल्लिखित ४ न्यूज च्यानलकाे प्रसारण भने तत्काल खुला नहुने म्याक्स टिभीका उपाध्यक्ष ध्रुव शर्माले जानकारी दिएका छन् ।

भारतीय च्यानहरूले नेपालविरूद्ध लगातार अवाञ्छित सामग्री प्रसारण गर्न थालेपछि तिनकाे प्रसारणमाथि राेक लगाउन दबाव परेकाे थियाे । तर केही च्यानलको गलत प्रसारणलाई लिएर सबै च्यानल बन्द गर्न अनुपयुक्त नहुने भन्दै अालाेचना समेत बढेपछि अन्य च्यानलहरूकाे प्रसारण खुला गरिएकाे शर्माले बताए ।

उनले भने, ‘हाम्रा सबै किसिमका ग्राहक हुनुहुन्छ । भारतका समाचार हेर्ने पनि हुनुहुन्छ । त्यसकारण हामीले केही च्यानलबाहेक अरूको प्रसारण खुला गरेका हौं ।’ नेपालमा प्रसारण बन्द  भएपछि जी न्यूजले अाफूबाट गल्ती भएकाे भन्दै नेपालसँग माफी समेत मागिसकेकाे छ ।

 

Loading...
प्रकाशित मिति २९ असार २०७७, सोमबार ०८:०४