तनहुँका छुट्टाछुट्टै पहिरोमा मृत्यु हुनेको संख्या ६ पुग्यो ५ जना अझै बेपत्ता

 

तनहुँ  – पहिरोमा परेका तनहुँका ६ जनाको मृत्यु भएको छ भने ५ जना बेपत्ता भएका छन् । जिल्लाको ऋषिङ गाउँपालिकाको वडा न ८ पल्ट्याङ चुलीमा पहिरो जाँदा १ जनाको मृत्यु भएको छ भने ४ जना बेपत्ता भएका छन्

। त्यस्तै ब्यास नगरपालिका वडा न ९ मा पर्ने माँझफाँंटमा पहिरो जाँदा ४ जनाको मृत्यु भएको र अझै १ जना बेपत्ता रहेको जिल्ला प्रहरी प्रमुख अरुण पौडेलले दिएको जानकारी गराएका छन् ।

मृत्यु हुनेमा ४० बर्षीया कमला थापा र २४ बर्षीय मनोज थापासहित अन्य २ जना रहेको प्रहरी प्रमुख पौडेलले बताउनुभयो । त्यस्तै १ जना वेपत्ता भएका छन् । त्यस्तै पहिरोमा परि म्याग्दे बेलडाँडीमा पहिरो जाँदा १७ बर्षीय लक्ष्मी बिकको मृत्यु भएको छ ।

घाइते बिकलाई उपचारका लागि रत्नहरी अस्पतालमा ल्याउने क्रममा मृत्यु भएको हो । बाढी पहिरोले राजमार्ग लगायत अन्य क्षेत्रमा ठूलो क्षति पुर्याएको छ ।

 

Loading...
प्रकाशित मिति २९ असार २०७७, सोमबार ०८:४०