आजदेखी काठमाडौंमा चल्न थाल्यो सार्वजनिक बस

फाइल तस्बिर / काठमाडौंमा मयुर यातायातले आफ्नो सेवा सुरु गरेको छ । सरकारले सार्वजनिक यातायात सञ्चालन गर्ने निर्णय गरेसँगै मयुरले सेवा सुरु गरेको हो ।

सरकारले निर्णय गरेपनि अहिलेसम्म कुनै सार्वजनिक यातायातले सेवा थालेको थिएन ।

सरकारले तोकेको मापदण्डअनुसार आज सोमबार चार वटा बस सेवा सुचारु गरेको मयुरले जनाएको छ।

अन्य समाचार :  नेपाल टेलिकमले देशका हरेक वडामा वाईफाई उपलब्ध गराउने भएको छ । कम्पनीले पहिलो चरणमा वडामा रहेका सरकारी तथा अन्य संस्थागत कार्यालयलाई लक्षित गर्दै वाईफाई उपलब्ध गराउने तयारी गरेको प्रबन्ध निर्देशक डिल्ली अधिकारीले जानकारी दिनुभयो । आगामी आर्थिक वर्ष २०७७÷७८ को वार्षिक कार्यक्रममै समेटेर वाईफाई सुविधा विस्तार गर्ने काम अगाडि बढाइएको उहाँले बताउनुभयो ।

वडामा रहेका टेलिकमको बीटीएस टावरमार्फत विशेष ‘डिभाइस’को प्रयोग गरेर वाईफाई सुविधा उपलब्ध गराउने टेलिकमको योजना छ । टेलिकमलाई उपलब्ध आठ सय र १८ सय मेगाहर्ज ब्यान्डको फ्रिक्वेन्सी प्रयोग गरेर वाईफाई उपलब्ध गराइने कम्पनीका इन्जिनियर अमृत नेपालले जानकारी दिनुभयो । कम्पनीले वाईफाईसँगै फिक्स्ड टेलिफोन सेवा पनि समाहित गरेर उपलब्ध गराउने तयारी गरेको छ । संस्थागत प्रयोगकर्तालाई फिक्स्ड टेलिफोन उत्तिकै आवश्यक र महìवपूर्ण हुने भएकाले यससँगै त्यो सुविधा पनि हुनेछ, उहाँले भन्नुभयो ।

टेलिकमले आफ्ना संस्थागत प्रयोगकर्तालाई उपलब्ध गराउने डिभाइसमा टेलिफोनको छुट्टै पोर्ट हुनेछ । त्यसैमार्फत सामान्य टेलिफोनमा जोडेर कुराकानीका लागि प्रयोग गर्न सकिने छ । उक्त डिभाइसमा सिमकार्ड प्रयोग हुनेछ । यद्यपि त्यसको नम्बर भने टेलिकमले अहिले जिल्लाअनुसार उपलब्ध गराइरहेको कोडबाट सुरु हुनेछ ।

Loading...
प्रकाशित मिति २९ असार २०७७, सोमबार ०९:०१