आज थपिए १४४ संक्रमित , कोरोना मुक्त हुनेको सङ्ख्या १० हजार नाघ्यो

काठमाडौं २९ असार / नेपालमा पछिल्लो केहिदिन यता नयाँ कोरोना संक्रमित सङ्ख्या कम हुँदै गएको छ । सरकारले पिसिआर परिक्षण घटाएसँगै संक्रमित सङ्ख्या पनि गएको हो ।

एकैदिन ७ सय भन्दा धेरै संक्रमित भेटिएको नेपालमा अहिले दैनिक सय भन्दा कम संक्रमित भेटिएका छन् । शनिबार ७० जना र आइतबार ८२ जना संक्रमित भेटिएको थियो । पछिल्लो समय नयाँ कोरोना संक्रमित भन्दा निको हुनेको सङ्ख्या दोब्बर हुँदै गएको छ ।

त्यस्तै सोमबार पछिल्लो २४ घन्टा भित्र देशभरका २५ वटा प्रयोगशालामा परिक्षण गर्दा  १४४ जनामा कोरोना संक्रमित थपिए सँगै नेपालमा कुल कोरोना संक्रमित सङ्ख्या १६ हजार ९ सय ४५ पुगेको जनसंख्या तथा स्वस्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले नियमित पत्रकार सम्लेनबाट जानकारी दिएका हुन् ।

देशभरका विभिन्न अस्पतालबाट पछिल्लो २४ घन्टामा  १ हजार ७ सय ५ जना कोरोना संक्रमण मुक्त भई घर फर्केका छन् भने हालसम्म कोरोना मुक्त हुनेको सङ्ख्या १० हजार २ सय ९४ पुगेको छ ।

Loading...
प्रकाशित मिति २९ असार २०७७, सोमबार १०:४८