आजबाट सुन्दर यातायातको बस चल्ने

कोरोना भाइरस महामारीका कारण लामोसमय देखि बन्दा बन्दीको अवस्थालाई चिर्दै आजबाट सुन्दर यातायात प्रालिले आफ्नो सेवा सुचारु गर्ने भएको छ ।

कोरोना संक्रमण सुरु हुनु अगाबै सवै यात्रुको ज्वरो परिक्षण गरेर यात्रु चढाउने गरेको जानकारी दिँदै यात्रुको सुरक्षालाई ध्यान दिँदै सेवा सुरु गर्ने जनाएको छ।

यात्रुको स्वास्थ्यलाई ध्यान दिँदै यात्रुहरुका लागि स्यानिटाइजर, मास्क उपलब्ध गराउने र बसको हरेक राउन्डमा बस डिसइन्फेक्सन गरिने छ ।’

सोमवार जारी विज्ञप्तीमा उल्लेख छ । साथै पुरानै दरमा भाडा लिने पनि उल्लेख छ ।

Loading...
प्रकाशित मिति ३० असार २०७७, मंगलवार ०१:१४