बजारमा तरकारीको मनलाग्दी भाउ

काठमाडौं–आम सर्वसाधारणको भान्सामा दैनिक पाक्ने तरकारीको मूल्य छोइनसक्नु भएको छ । अनेक बहानामा व्यवसायीले आफूखुसी तरकारीको भाउ बढाउँदा उपभोक्ता मारमा परेका छन् ।

तरकारीको भाउ वृद्धिका लागि स—साना कारण नै व्यवसायीका लागि पर्याप्त बन्ने गरेको छ । यो वा ऊ बाहानामा बढाइने तरकारीको मूल्यकै कारण सर्वसाधारणको दैनिक गुजारा चलाउन समस्या परेको छ ।

एक महिनाको अवधिमा कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले निर्धारण गरेको फलफूल तथा तरकारीको मूल्यलाई आधार मान्ने हो भने उपभोक्ताको भान्सामा दैनिक प्रयोग हुने आलु, प्याज, टमाटर तथा खुर्सानी लगायतको मूल्य बढेको छ ।

उपभोक्ताको भान्सासम्म पुग्दा तरकारीको मूल्य कालीमाटीको भन्दा कैयौ गुणा बढी हुन्छ जबकी कालीमाटी मै मूल्य महंगिएको छ । अहिले प्राकृतिक प्रकोपलाई देखाएर विचौलीयाहरु हाबी भएका छन् ।

Loading...
प्रकाशित मिति १४ श्रावण २०७६, मंगलवार ०९:४३