भारतमा कोरोना संक्रमित हुनेको संख्या ९ लाख भन्दा बढी पछिल्लो २४ घण्टामा ५ सय ५३ जनाको मृत्यु

एजेन्सी  – भारतमा  पछिल्लाे २४ घण्टामा २८ हजार ४ सय ९८ जनामा काेराेना भाइरसकाे संक्रमण देखिएकाे छ।

याेसँगै काेराेना संक्रमितकाे संख्या ९ लाख ६ हजार ७ सय ५२ पुगेकाे छ। यसैगरी, पछिल्लाे २४ घण्टामा ५ सय ५३ जना काेराेना संक्रमितकाे मृत्यु भएकाे छ ।

भारतमा अहिलेसम्म २३ हजार ७२७ जना काेराेना संक्रमितकाे मृत्यु भएकाे छ।  संक्रमितमध्ये ५ लाख ७१ हजार ४ सय ६० जना निकाे भएका छन्। भारतमा काेराेना निकाे हुनेकाे दर ६३.०२ प्रतिशत रहेकाे छ।

 

Loading...
प्रकाशित मिति ३० असार २०७७, मंगलवार ०७:१४