स्याङ्जामा पहिरोले पुरिएर एकको मृत्यु, तीन जना बेपत्ता

स्याङ्जामा पहिरोले पुरिएर एकजनाको मृत्यु भएको छ। मृत्यु हुनेमा कालीगण्डकी गाउँपालिका–४ बिर्घास्थित खहरेका ७० वर्षीय इमानसिंह राना रहेको वडाध्यक्ष चक्रपाणि पाण्डेले जानकारी दिए।

त्यस्तै पहिरोमा परि दुईजना घाइते भएका छन् । तीन अझै जना बेपत्ता छन् उनिहरुको खोजीकार्य भइरहेको वडाध्यक्ष पाण्डेले बताए ।

पहिरोमा परेका बिर्घाकै हुमाकन्त पाण्डे र बुद्ध रानाको उद्धार गरिएको छ। प्रेमचन्द्र पाण्डे, गिमानसिंह राना र टीका थापा बेपत्ता रहेको वडाध्यक्ष पाण्डले जानकारी दिए।

घाइतेहरु बुद्ध र हुमकान्तको बिर्घा स्वास्थ्य चौकीमा उपचार भइरहेका छ। पानी परिरहेकोले उद्धार कार्यमा कठिनाई भइरहेको उनले बताए। घाइते हुमकान्त वडा नम्बर ४ का वडा सदस्य हुन्। मृतक इमानसिंह पूर्वगाविस अध्यक्ष हुन्।

गाउँमा खानेपानीको धारा नआएपछि मुलमा पुगेका उनीहरूलाई माथिबाट खसेको पहिरोले मंगलबार बिहान करिब करिब ८ बजेतिर पहिरोले पुरेको हो।

Loading...
प्रकाशित मिति ३० असार २०७७, मंगलवार ०८:४३