मेलम्चीको सुरुङमा दुई जना बेपत्ता, दुई जना घाइते

काठमाडौं ३० असार / मेलम्ची खानेपानी आयोजनाको सुरुङमा २ जना बेपत्ता भएका छन् । बेपत्ता हुनेमा आयोजनाकै इञ्जिनियर र चालक रहेको बताइएको छ ।

सुरूङबाट पानी परीक्षणका क्रममा एउटा गेटबाट पानी बाहिर निस्केपछि अवस्था बुझ्न गएका उनीहरू बेपत्ता भएका हुन् । उनीहरुको खोजी कार्य जारी रहेको बताइएको छ ।

मेलम्ची आयोजनाको सुरुङमा पानी राखेर परीक्षण गर्ने क्रममा सुरुङमा समस्या देखिएर हेर्न गएको ४ जनालाई पानीले बगाएको थियो ।

बेपत्ता २ जनाको प्रहरीले खोजी शुरू गरेको छ । उनीहरुमध्ये २ जनाको जीवितै उद्धार गरेको सिन्धुपाल्चोकका प्रहरी प्रमुख प्रज्वल महर्जनले जानकारी दिनुभयो ।

फाइल  तस्बिर 

Loading...
प्रकाशित मिति ३० असार २०७७, मंगलवार ०९:०१