पहिरोका कारण पूर्वपश्चिम राजमार्ग अवरुद्ध

 

नवलपरासी  – नवलपरासीको विनयी त्रिवेणी गाउँपालिका वडा न २ मा पर्ने विश्वकर्मा बाबाको मन्दिर नजिक पहिरो खस्दा पूर्वपश्चिम राजमार्ग अवरुद्ध भएको छ ।

मन्दिर नजिकैको घिउखोलामा मंगलबार बिहानै पहिरो खसेपछि राजमार्ग अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय नवलपरासीपूर्वले जानकारी दिएको छ ।

पहिरोसँगै रूख खस्दा बा१४च ७०२० नम्बरको कार र ना६ख १५५९ नम्बरको ट्रक च्यापिएको प्रहरीले जानकारी दिएको हो ।उक्त स्थानमा खसेको पहिरोका कारण कुनै पनि मानवीय क्षति भने हुन नपाएको जिल्ला प्रहरी कार्यालय नवलपरासीपूर्वका प्रहरी नायब उपरीक्षक मोहनबहादुर खाँणले जानकारी दिएका छन् ।

सुरक्षा निकाय र सडकको टोलीले पहिरो पन्छाएर अवरुद्ध सडक खुलाउने प्रयास गरिरहेको खाँणको भनाइ छ । पहिरोका कारण सडक अवरुद्ध हुँदा सडकमा सवारी साधनको लामो लाइन लागेको छ ।

Loading...
प्रकाशित मिति ३० असार २०७७, मंगलवार ०९:१३