दुई अध्यक्षबीचको भेटवार्ता सकियो विहिबार पुनः भेटवार्ता हुने

 

काठमाडौं  – नेपाल कम्युनिष्ट पार्टी (नेकपा) भित्र उत्पन्न भएको विवाद समाधान गर्नका लागि निम्ति प्रधानमन्त्री केपी शर्मा ओली र पुष्पकमल दाहालबीचको भेटवार्ता सकिएको छ ।

विवाद सहमतिको प्रयासका निम्ति ६ दिनपछि आज प्रधानमन्त्री ओली र दाहालबीच करिब १ घण्टा १५ मिनेट वार्ता भएको हो । छलफलको श्रृंखलालाई कायम राख्दै दुई अध्यक्षबीच विहीबार पुनः छलफल हुने भाका सार्दै वार्ता सकिएको हो ।

यस अगाडि आइतबार, सोमबार, मंगलबार र बुधबार ओली र दाहालबीच भेटवार्ता भएको थियो । तर,निकास ननिस्किएपछि नेकपाको स्थायी कमिटी बैठक लगातार स्थगित हुँदै आएको छ । आज साउन २ गतेसम्मका लागि बैठक स्थगित भएको छ ।

प्रधानमन्त्री र पार्टी अध्यक्ष दुवै पदबाट ओलीको राजीनामा माग गरेपछि नेकपाको शक्ति विवादित बनेको थियो । विवादले पार्टी फुट्ने संकेत देखिएपछि सहमतिको प्रयास भन्दै दुई अध्यक्षबीच छलफल हुँदै आएको छ । पछिल्लो पटक दुवै अध्यक्षले हतार नगरी सहमति जुटाउने सार्वजनिक अभिव्यक्ति दिदै आएका छन् ।

Loading...
प्रकाशित मिति ३० असार २०७७, मंगलवार ०९:४५