नेपालमा पहिलोपटक सांसदलाई कोरोना संक्रमण

कर्णाली प्रदेशका एक जना सांसदमा कोरोना संक्रमण देखिएको छ। आइतबार ति सांसदसहित उनको सचिवालयका दुई जना कर्मचारीको पोलिमेरीज चेन रियाक्सन (पीसीआर) गरिएको थियो।

कर्णाली प्रदेशको सामाजिक विकास मन्त्रालयले संसदलाई कोरोना संक्रमण भएको पुष्टी गरेको छ।

‘आइतबार एक जना सांसद र सचिवालयका दुई कर्मचारीको कोरोना परीक्षणका लागि स्वाब संकलन गरिएको थियो  ।

सामाजिक विकास मन्त्रालयको स्वास्थ्य सेवा महाशाखाका एक कर्मचारीले भने, ‘सांसदको कोरोना परीक्षण रिपोर्ट पोजेटिभ आयो, सचिवालयका कर्मचारीमा कोरोना देखिएन। ’

Loading...
प्रकाशित मिति ३० असार २०७७, मंगलवार १०:१८