पौडी खेल्ने क्रममा १ बालक बेपत्ता

बीरगञ्ज – बीरगञ्ज महानगरपालिका वडा नम्बर १९ निवासी एक बालक पर्साको तिलावे नदीमा पौडी खेल्दा बेपता भएका छन् ।

तिलावे नदीमा आएको ठूलो पानीले बाढीको रुप लिएपछि मुकेश साह कल्वारका दस वर्षीय छोरा सुमित कुमारलाई बगाएको प्रहरीले जनाएको छ ।

बालकको खोजी कार्य जारी रहेको पर्सा प्रहरीले जनाएको छ । खोजी कार्यमा नेपाल प्रहरी, शसस्त्र प्रहरीका साथै स्थानीयहरु पनि लागेका छन।

स्थानीयका अनुसार बालकलाई भारत तर्फ बगाएको हून सक्ने अनुमान गरिएको छ ।

Loading...
प्रकाशित मिति ३० असार २०७७, मंगलवार ११:५४