स्टेरिङ फेल भएर सुत्केरी बोकेको एम्बुलेन्स दुर्घटना

काठमाडौं / सुत्केरी बोकेको एम्बुलेन्स पश्चिम दाङमा दुर्घटना हुँदा एक दिनको नवजात शिशु सहित ११ जना घाइते भएका छन् ।

सुत्केरी लिएर नेपालगंजबाट पश्चिम दाङको हंसपुर जाँदै गरेको भे१च १५९९ नम्बरको एम्बुलेन्स तुलसीपुर हापुरे –सुर्खेत सडक खण्डको कुमालगडीमा दुर्घटना हुँदा उनिहरु घाइते भएका हुन् ।

घाइते सबैको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा उपचार भइरहेको ईलाका प्रहरी कार्यालय तुलसीपुरका डिएसपी शिब बहादुर सिंहले जानकारी दिए ।

कुमालगडीको घुम्तीमा एम्बुलेन्सको स्टेरीङ फेल हुँदा दुर्घटना भएको प्रहरीले बताएको छ । घटना साँझ सात बजे भएको थियो ।

-फाइल तस्बिर 

Loading...
प्रकाशित मिति ३० असार २०७७, मंगलवार १६:२५