विप्लव समूहका केन्द्रिय सदस्य ‘ओम पुन’ पक्राउ

काठमाडौं नेत्रविक्रम चन्द‘विप्लव’ नेतृत्वको नेकपाका केन्द्रीय सदस्य एवं सेती-महाकाली ब्यूरो इन्चार्ज ओम पुन पक्राउ परेका छन्।

पुनलाई प्रहरीले बुधबार बिहान सात बजे कैलालीको धनगढी उपमहानगरपालिका बैलीबाट पक्राउ गरेको हो ।

प्रहरीले पुनकी श्रीमती पूर्णिमा धामीलाई समेत पक्राउ गरेकाे छ। धामी अखिल नेपाल महिला संगठन क्रान्तिकारी की सेती-महाकाली ब्यूरो इन्चार्ज हुन्।

धनगढीमा आफन्त भेट्न गएका दुवै जनालाई प्रहरीले लखटेर पक्राउ गरेको पार्टी स्रोतले जनाएको छ।

Loading...
प्रकाशित मिति ३१ असार २०७७, बुधबार १०:१४