नेपालमा थप ११६ जनामा कोरोना संक्रमण , ६९७ जना डिस्चार्ज

काठमाडौं । बुधबार नेपालमा ११६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार हालसम्म कोरोना संक्रमितको संख्या १७ हजार १७७ पुगेको छ ।

बुधबार ६९७ जना डिस्चार्ज भएका छन् । अहिलेसम्म डिस्चार्ज हुनेको संख्या ११ हजार २५ पुगेको छ । बुधबार काठमाडौं जिल्लामा ७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

त्यस्तै नेपालमा कोरोनाबाट ज्यान गुमाउनेको सङ्ख्या ३९ पुगेको छ ।

Loading...
प्रकाशित मिति ३१ असार २०७७, बुधबार ११:०३