नेपालमा ६४ दशमलव २ प्रतिशत कोरोना संक्रमण मुक्त

 

काठमाडौं – नेपालमा केहिदिन यता नयाँ कोरोना संक्रमित सङ्ख्या कम हुँदै गएको छ । देशभरको २५ वटा प्रयोगशालामा पिसिआर परिक्षण गर्दा पछिल्लो २४ घन्टाभित्र थप १सय१६ जना संक्रमित थपिएका छन् ।

यो सँगै नेपालका कुल कोरोना संक्रमित सङ्ख्या १७हजार १ सय ७७ पुगेको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले नियमित पत्रकार प्रेस ब्रिफिङमा जानकारी दिएका हुन् ।

त्यस्तै नेपालका पछिल्लो २४ घन्टा भित्र थप ६सय ९७ जना कोरोना संक्रमण मुक्त भइ अस्पतालबाट डिस्चार्ज भएर फर्केका छन्  भने नेपालमा हालसम्म कोरोना संक्रमण मुक्त हुनेको सङ्ख्या ११ हजार २५ पुगेको छ ।

त्यस्तै कोरोना संक्रमणबाट नेपालमा ज्यान गुमाउने सङ्ख्या  ३८  पुगेको छ । पछिल्लो २४ घन्टा मृत्यु हुनेको सङ्ख्या शुन्य रहेको छ ।

 

Loading...
प्रकाशित मिति ३१ असार २०७७, बुधबार ११:२२