भोलीबाट यी रुटमा साझा यातायात चल्ने

काठमाडौं / साझा यातायातले भोली देखी २६ वटा बस सञ्चालन गर्ने भएको छ । साझाका २६ वटा बसले साउन १ देखी ८ वटा रुटमा सेवा दिने बताइएको छ ।

साझाका निमित्त प्रमुख कार्यकारी अधिकृत महेन्द्रराज पाण्डेयका अनुसार र सेवालाई प्राथमिकता दिएर पुराना सबै रुटमा बस चलाउन लागिएको हो । सरकारले तोकेअनुसार साविककोभन्दा ५० प्रतिशत बढी भाडा लिएर यात्रुलाई सेवा दिइने बताइएको छ ।

लगनखेलबाट गोदावरी, थानकोट, लामाटार, बालाजु, सूर्यविनायकसहित साझा चल्दै आएका सबै रुटमा साउन १ देखि बस चल्नेछन्, । यात्रुलाई अनिवार्य मास्क लगाउन र खुद्रा रकमको व्यवस्था गरेर चढ्न आग्रह गरिएको छ।

बसभित्र यात्रुलाई भीड नगर्न र व्यक्तिगत दूरी कायम गरेर बस्न पनि आग्रह गरिएकोपाण्डेले बताए । चैत ११ देखि बन्द रहेका सार्वजनिक यातायात काठमाडौं उपत्यका र अन्य जिल्लाको हकमा जिल्लाभित्र चलाउन दिने निर्णय सरकारले गरेको थियो। अब भोली देखी यि यि रुटमा चल्नेछन् साझा यातायात ।

लगनखेल, रत्नपार्क, टिचिङ हुँदै नयाँ बसपार्क
लगनखेल, रत्नपार्क, टिचिङ हुँदै बुढानिलकण्ठ
गोदाबरी, लगनखेल हुँदै रत्नपार्क
लामाटार, लगनखेल हुँदै रत्नपार्क
लगनखेल, सातदोबाटो, कलंकी हुँदै थानकोट
लगनखेल, नयाँ बानेश्वर, चाबहिल हुँदै नयाँ बसपार्क
रत्नपार्क, कलंकी, स्वयम्भू हुँदै बालाजु
रत्नपार्क, नयाँ बानेश्वर, कोटेश्वर हुँदै सूर्यविनायक

Loading...
प्रकाशित मिति ३१ असार २०७७, बुधबार १३:५०