तस्बिरमा हेर्नुहोस् गायिका ज्योती मगरको रोपाइँ

प्रकाशित मिति – असार १६ सोमबार 

काठमाडौ । असार महिनाको आधा समय गुज्रीसकेको छ । यो समय भनेको रोपाईको समय हो । तर धेरै सिचाई सुविधा नभएका विभिन्न क्षेत्रहरुमा भने अहिलेसम्म पनि रोपाई सुरु हुन सकेको छैन् । असार १५ आज जसलेपनि हिलोमा खुट्टा राख्नुपर्छ भन्ने मान्यता छ ।

धेरै ठाउँमा रोपाई आधाभन्दा पनि बढि भ्याईयो । रोपाईको मौषम चलिरहेको छ । आज मात्रै असार १५ अर्थात धान दिवसमा सब नेपालीले भव्यताका साथ मनाए। मानो रोपेर मुरी उब्जाउने’ महिना मानिने असारको मध्य दिन असार १५ धान दिवस सँगै रोपाईं जात्राका रुपमा मनाउने गरिन्छ ।

यो दिन खेतमा धान रोपाईं सँगै आपसमा हिलो छ्यापाछ्याप गरेर मनोरञ्जन गर्ने तथा दही चिउरा खाने गरिन्छ । कामको चटारोले थकित भएका किसानलाई दही र चिउराले शक्ति र शीतलता प्राप्त हुने विश्वास छ । त्यस्तै गायीका ज्योती मगरले पनि यो पाली पनि रोपाई गरेकी छन् । ज्योतिको रोपाई यस्तो रह्यो ।

Loading...
प्रकाशित मिति १६ असार २०७६, सोमबार ०५:०१