सिन्धुपाल्चोक पहिरोमा बेपत्ता ५ मध्ये २ जनाको शव भेटिए

सिन्धुपाल्चोक / भोटेकोसी गाउँपालिका–४ फुल्पिङकट्टीमा बुधबार राति खसेको पहिरोमा पुरिएर बेपत्ता भएका ५ मध्ये
दुई जनाको मृत्यु भएको छ।

प्रहरीका अनुसार स्थानीय ग्याल्जेन शेर्पाको घर बगाउँदा परिवार सदस्यहरु १६ वर्षीया याङ्जी शेर्पा र ३५ वर्षीया साङ्बु शेर्पाको मृत्यु भएको हो । त्यस्तै तीन जना भने अझैं बेपत्ता भएको जनाइएको छ।

राति १ बजेतिर खकुन्डोलमाथिबाट आएको पहिरोले दुई घर बगाएकोमा ग्याल्जेनको परिवारका पाँच जना बेपत्ता भएका थिए । बिहीबार बिहानैदेखि प्रहरी र स्थानीय मिलेर खोजी गर्दा दुई जनाको शव भेटिएको गाउँपालिका प्रमुख राजकुमार पौडेलले बताए ।

Loading...
प्रकाशित मिति १ श्रावण २०७७, बिहीबार ०८:४०