बाँकेमा फेरि देखियो सलहको ठूलो समूह

 

   बांँके – बाँकेको नेपालगन्जमा सलहको एक समूह देखिएको छ ।

विहीबार बाँकेको राप्तीासोनारी गाउँपालिका र नरैनापुर गाउँपालिका, डुडुवागाउँपालिका हुँदै नेपालगन्ज उपमहानगरपालिकामा पनि सलहको एउटा समूह देखिएको हो ।

नेपालगन्जको आकाशमा सलहको ठूलै समूह देखिएको स्थानियले बताएका छन् । नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर १, २, ४, ५, १८, २०, २१ र २२ वडामा देखिएको सलह नेपालगन्ज उपमहानगरपालिका धम्बोझी, गणेशपुर, कारकाँदो, न्युरोड, सल्यानीबाग, फुल्टेक्रा, बसपार्क हुँदै कोहलपुर क्षेत्रतिर गएको स्थानिय स्थानीयबासीले बताएका छन्  ।

Loading...
प्रकाशित मिति १ श्रावण २०७७, बिहीबार १०:४२