साउदीबाट हुने चार्टर उडानबारे अत्यन्तै जरुरी सुचना

काठमाडौं / कोरोना भाइरस कोभिड १९ का कारण साउदी अरबमा समस्या परेका नेपालीहरुलाइ चार्टर उडान मार्फत स्वदेश ल्याउने क्रम जारिरहेको छ । त्यस्तै साउदी अरबको राजधानी रियाद स्थित रहेको नेपाली दूतावासले आगामी दिनमा हुने चार्टर उडान बारे यस्तो सुचना निकालेको छ ।

आगामी दिनहरुमा दमामबाट हुने चार्टर्ड उडान सम्बन्धी अत्यन्त जरुरी सूचना

नेपाल एयरलाइन्स र हिमालय एयरलाईन्सले २० जुलाई र सो पश्चातका दिनमा साउदी अरबको दमामबाट उडान गर्ने हुदाँ उक्त उडानहरुबाट स्वदेश फर्कने नेपालीहरुको सूचि नेपाल सरकारले निर्धारण गरेको प्राथमिकताका आधारमा राजदूतावासले तयार गरी नेपाल एयरलाईन्स र हिमालय एयरलाईन्सको आधिकारिक सम्पर्क व्यक्ति समक्ष पठाइएको छ ।

राजदूतावासबाट यस अघि विभिन्न मितिमा प्रकाशित गरेका सूचिमा नाम परेका तर हालसम्म स्वदेश फर्की नसकेकाहरु स्वदेश नफर्किँदासम्म प्राथमिकता सूचिमै रहने सम्बन्धित यात्रु तथा एयरलाईन्सलाई जानकारी गराइन्छ। टिकेट  बुकिंग सुनिश्चित पश्चात मात्र कोभिड  टेस्ट गर्नु हुन अनुरोध छ ।

थप जान्न यहाँ थिच्नुहोस् ।

आगामी दिनहरुमा रियादबाट हुने चार्टर्ड उडान सम्बन्धी अत्यन्त जरुरी सूचना

नेपाल एयरलाइन्स र हिमालय एयरलाईन्सले २० जुलाई र सो पश्चातका दिनमा साउदी अरबको रियादबाट उडान गर्ने हुदाँ उक्त उडानहरुबाट स्वदेश फर्कने नेपालीहरुको सूचि नेपाल सरकारले निर्धारण गरेको प्राथमिकताका आधारमा राजदूतावासले तयार गरी नेपाल एयरलाईन्स र हिमालय एयरलाईन्सको आधिकारिक सम्पर्क व्यक्ति समक्ष पठाइएको छ ।

राजदूतावासबाट यस अघि विभिन्न मितिमा प्रकाशित गरेका सूचिमा नाम परेका तर हालसम्म स्वदेश फर्की नसकेकाहरु स्वदेश नफर्किँदासम्म प्राथमिकता सूचिमै रहने सम्बन्धित यात्रु तथा एयरलाईन्सलाई जानकारी गराइन्छ । टिकेट  बुकिंग सुनिश्चित पश्चात मात्र कोभिङ  टेस्ट गर्नु हुन अनुरोध छ । उडान सम्बन्धी थप जानकारीको लागि सम्बन्धित एयरलाईन्ससंग सम्पर्क गर्न अनुरोध छ ।

Loading...
प्रकाशित मिति १ श्रावण २०७७, बिहीबार १३:५३