अन्तर्राष्ट्रिय हवाई उडान सञ्चालन गर्न पर्यटन व्यवसायीको माग

काठमाडौं, साउन १ । पर्यटन व्यवसायीहरुले अगष्ट १ देखि आन्तरिक र अगष्ट १५ बाट अन्तर्राष्ट्रिय हवाई उडानहरु सञ्चालन गरी नेपाली पर्यटन क्षेत्रलाई गतिशिल तथा चलायमान बनाउन माग गरेका छन् ।

 

काठमाडौं / कोभिड १९ सँगै अनुकुल जनजीवन सञ्चालन गर्नुको विकल्प नभएको पनि उनिहरुले जिकिर गरेका छन् । अब कोभिडसँग सहयात्रा गदै व्यवसाय संचालन गर्न पाउनु पर्ने उनिहरुको भनाइ छ ।

कोरोनाको संकट अझै केही बर्ष सम्म निरन्तर रहिरहने निश्चितप्राय रहेको भन्दै व्यवसायीले न्यूनतम आधार तय गरि सेवाहरु सुचालु गर्दै अघि बढ्ने र त्यसका लागि सरकारले सहयोग गर्नु पर्ने माग समेत गरेका छन् ।

बिहीबार काठमाण्डौमा होटल संघ नेपाल, नाट्टा, टान, म्यान, रेवानलगायत पर्यटनसँग सम्बद्ध झण्डै दर्जनसंघ संस्थाले संयुक्त पत्रकार सम्मेलन गरी उक्त माग गरेका हुन् ।

व्यवसायीहरुले अगष्ट १ देखि आन्तरिक र अगष्ट १५ देखि अन्र्तराष्ट्रिय तालिकाका उडानहरु सुचालु गर्न तथा नाकाहरु पनि खोलिनु पर्ने माग गरेका छन् ।

पर्यटकीय सवारी साधनहरु स्वास्थ्य सुरक्षा सम्बन्धी उपायहरु पालना गरि निर्वाध रुपमा संचालन गर्न दिन पनि उनिहरुले माग गरेका छन् ।

उल्लेखित सेवाका साथै पर्यटकीय क्षेत्र, गन्तव्य, सेवा तथा वजारीकरणका आधारहरु विस्तारै सुचारु गर्दै नेपाली पर्यटन क्षेत्रलाई गतिशिल तथा चलायमान बनाउने तर्फ तत्काल पहल गर्न पर्यटन व्यवसायीहरुले जोड दिएका छन् ।

यो पनि पढ्नुहोस् :  कोरोना महामारीका कारण विदेशमा अलपत्र परेका नेपाली नागरिकहरुलाई सरकारी खर्चबाट उद्दार गरिने भएको छ ।

श्रम स्वीकृति लिएर वैदेशिक रोजगारीमा गएर कोरोना महामारीका कारण अलपत्र परेका, समस्यामा परेका तथा आफ्नै खर्चमा स्वदेश फर्कन नसक्ने अवस्थाका नेपाली श्रमिकहरु सरकारी खर्चबाट स्वादेश फर्कन पाउने भएका हुन् ।

मन्त्रिपरिषदबाट कोरोना महामारीका कारण विदेशमा अलपत्र परेका नेपाली नागरिकको उद्दार गरी स्वदेश फिर्ता गर्ने सम्बन्धी निर्देशिका–२०७७ पारित भएको छ । उक्त निर्देशिका पारित भएसँगै कोरोना महामारीका कारण विदेशमा अलपत्र परेका नेपाली नागरिकहरु सरकारी खर्चमा फर्किन पाउने भएका हुन् ।

प्रवक्ता डा. युवराज खतिवडाका अनुसार विदेशमा अलपत्र परेका नेपाली श्रमिकहरुलाई स्वदेश फर्काउन कोषको रकम प्रयोग गरिने भएको छ । यस अगाडि सरकारले कोरोना महामारीका कारण परेर स्वदेश फर्किन चाहने नेपालीले आफैंले हवाइजहाजको टिकट खरिद गर्नुपर्ने निर्णय गरेको थियो ।

तर, सरकारको उक्त निर्णयविरुद्ध परेको रिटमा सर्वोच्च अदालतले विदेशमा अलपत्र परेकालाई वैदेशिक रोजगार प्रवद्र्धन बोर्डको कोषमा रहेको रकमबाट स्वदेश फर्काउने व्यवस्था मिलाउन आदेश दिएको थियो ।

साथै, निर्देशिका बनाई मन्त्रिपरिषदबाट स्वीकृत भएपछि विदेशमा अलपत्र परेका नेपालीलाई सरकारी खर्चमा नेपाल ल्याउने बाटो खुलेको जानकारी गराइएको छ ।

त्यस्तै, सरकारले सञ्चारमाध्यमको नवीकरण शुल्कमा छुट दिने निर्णय पनि गरेको छ । कोरोना महामारीका कारण समस्यामा परेका सञ्चारमाध्यमलाई सहुलियत दिन सरकारले उक्त निर्णय गरेको जानकारी गराइएको छ ।

Loading...
प्रकाशित मिति १ श्रावण २०७७, बिहीबार १५:२०