बेरोजगारहरुलाई पालिकामा निवेदन दिन मन्त्रालयको आग्रह

काठमाडौं ०२ साउन / श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले बेरोजगार व्यक्तिले आगामी भदौ ७ गतेसम्म सम्बन्धित गाउँपालिका तथा नगरपलिकाको वडामा निवेदन दिन आग्रह गरेको छ ।

मन्त्रालयले साउन ८ गतेदेखि आगामी भदौ ७ गतेसम्म नयाँ मिति कायम गरेको हो । बेरोजगार युवाहरुलाई रोजगारी दिनुपर्ने कानूनी प्राबधान अनुरुप निवेदन दिन मन्त्रालयले आग्रह गरेको हो ।

यसअघि आर्थिक वर्ष २०७७/०७८ मा रोजगार सेवा केन्द्रमा बेरोजगार व्यक्तिले निवेदन दिने तथा छानबिन गरी सूचिकरण गर्ने भनिए पनि बन्दाबन्दीको कारण प्रभावित भएको थियो ।

मन्त्रालयका प्रवक्ता सुमन घिमिरेले विज्ञप्ति जारी गर्दै २०७७ चैत १ गतेदेखि बेरोजगारको तथ्यांक संकलन प्रारम्भ भएता पनि विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरसका कारण नेपाल सरकारले चैत ११ गतेदेखि लकडाउन घोषणा गरेकोले बेरोजगार व्यक्तिको निवेदन संकलन र बेरोजगार व्यक्ति सूचिकरणको काम हुन नसकेको उल्लेख छ ।

Loading...
प्रकाशित मिति २ श्रावण २०७७, शुक्रबार ०२:२०