नेपाल कोरोना संक्रमणबाट थप १ जनाको मृत्यु

काठमाडौं ०२ साउन / धरानको वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको आइसोलेसनमा उपचाररत एक जना कोरोना संक्रमितको मृत्यु भएको छ ।

सप्तरी जिल्लाका ७३ वर्षीय वृद्धको बिहिबार राति १० बजे मृत्यु भएको वीपी कोइराला स्वास्थ्य विज्ञानका प्रतिष्ठानका प्रवक्ता दिनेश सापकोटाले जानकारी दिनुभयो ।

असार ३१ गते अस्पतालमा भर्ना गरिएको उनको शंका लागेर स्वाब परीक्षण गर्दा कोरोना पोजेटिभ आएको थियो । उनको शव व्यवस्थापनको तयारी भइरहेको छ । योसँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ४० पुगेको छ ।

– फाइल  तस्बिर 

Loading...
प्रकाशित मिति २ श्रावण २०७७, शुक्रबार ०३:३१