बाल गायिका आयुषा गौतमको तीज गीत ‘दिदी बैनी’ ट्रेन्डिङमा (भिडियो )

काठमाडौं ०२ साउन / नेपाली नारी तथा नेपाली दिदी बहिनीहरुको महान चाड हरितालिका तीजको अवसर पारेरमका भाईरल तथा सानी चर्चित गायिका आयुषा गौतम र लोक प्रिय गायिका सरिता कार्कीसँगको सहकार्यमा ‘दिदी बहिनी हो नि माया’ नामक तीज गीत सार्बजनिक भएको छ ।

सार्बजनिक भएको निकै छोटो समयमा निकै चर्चा पनि बटुल्दै छ भने उक्त गीतमा करण न्यौपानेको शब्द र संगीतमा रहेको यो गीतलाई संगीत संयोजन भने विपिन आचार्यले गरेका हुन् । उक्त गित तथा भिडियो अहिले युटुवको ट्रेडिगमा रहेको छ ।

सहगायनमा गायिका डोल्मा लामिछाने मगर र मीना श्रेष्ठले साथ दिएका छन् । गायिका सरिता कार्की चल्तीकी गायिका हुन् । उनका लाउँछ माया, निष्ठुरे, मायालु हजार, खोलीमा जलुका जस्ता गीतहरु बजारमा चर्चित छन् । त्यसो त उनका तिज गीत पनि उत्तिकै चर्चा बटुल्न सफल भएका छन् ।

यसपालीको तीज गीतमा गायिका कार्कीले बालगायिका आयुषा गौतमसँग सहकार्य गरेकी छन् । तीज गीतमा दिदीबहिनीको मायालाई प्रस्तुत गरिएको छ । यसपाली तीजमा भिनाजु खोज्न बहिनीले आग्रह गरेकी छन् ।

यस गीतको म्यूजिक भिडियोमा पनि सरिता र आयुषाले नै मुख्य भूमिका निभाएका छन् । भिडियोलाई शंकर बिसीले निर्देशन गरेका छन् ।

दुर्गा पौडेलको छायाँकन रहेको यस भिडियो सम्पादन विष्णु शर्माले गरेका छन् । साइभिजन प्रालिले भिडियोको पोष्ट प्रोडक्सन गरेको छ । भिडियोलाई सरिता कार्कीको युट्यूब च्यानलबाट सार्वजनिक गरिएको छ ।

Loading...
प्रकाशित मिति २ श्रावण २०७७, शुक्रबार ०४:३८