भारतमा कोरोना संक्रमितको संख्या १० लाख नाघ्यो

काठमाडौं / भारतमा कोरोना संक्रमितको संख्यामा दिनानुदिन बृद्धि भइरहेको छ । शुक्रबार एकै दिन अहिलेसम्मकै सर्वाधिक ३५ हजारभन्दा बढी संक्रमित भएपछि नयाँ रेकर्ड कायम भएको छ ।

कोरोना भाइरसको संक्रमणले एकै दिन त्यहाँ ३५ हजार ४६८ संक्रमित थपिदा त्यहाँ कुल संक्रमितको संख्या १० लाख ५ हजार ६३७ पुगेको छ ।

यो संख्या विश्वकै तेस्रो धेरै हो भने एसियामा सबैभन्दा बढी हो । अहिलेसम्म संक्रमितमध्ये ६ लाख ३६ हजार ६०२ जना संक्रमणमुक्त भएका छन् भने ३ लाख ४३ हजार ४२६ जनाको उपचार भइरहेको छ ।

कोरोना संक्रमणकै कारण भारतमा पछिल्लो २४ घण्टामा ६८० जनाको मृत्यु भएपछि शुक्रबार बिहानसम्म ज्यान गुमाउनेको २५ हजार ६०९ पुगेको छ ।

Loading...
प्रकाशित मिति २ श्रावण २०७७, शुक्रबार ०५:२६