प्रकाश पराजुली र शितल शर्माको तीज गीत ” शितलु” सार्बजनिक

  • सुस्मा श्रेष्ठ 

काठमाडौं ०२ साउन / लाखौं दर्सक श्रोता को मनमा बस्न सफल बहुप्रतिभाका धनी गायक तथा सर्जक  प्रकाश पराजुली को तिज गीत ” शितलु” भर्खरै सार्बजनिक भएको छ।

सोही गीत हिन्दु नेपाली नारिहरुको महान चाड हरितालिका तिज को अवसर पारेर बिगतका बर्ष हरु मा भन्दा फरक अझ राम्रो शब्द रचनाहरु बाट तयार पारिएको छ।

तिज गीत “सितलु” मा धेरै एल्बम हरु बजार मा ल्याइ सकेका बुलन्द आवाजको धनी  प्रत्यक्षे दोहोरी का प्रखर गायक प्रकाश पराजुली र गायिका शितल शर्मा को सुमधुर आवाज सुन्न सकिन्छ,प्रकाश पराजुली को संगीत,शब्द नबराज पन्त को रहेको सोहि गीत मा कोरियोग्राफी तथा निर्देशन मौसमी हिमाल ले गरेका छन।संगीत संयोजन बिनोद बाजुरेली तथा भिडियो सम्पादन मनोज कार्की को रहेको छ।

छायांकन करण चौसिरले गरेको उक्त गीत मा केहि बर्ष अगाडि महारानी गीत बाट दर्सक श्रोता को मन जित्न सफल टिकटक बाट चर्चा कमाएकी सुन्दरी  गरिमा शर्मा साथमा निर्देशक तथा कलाकार शिव पोखरेल को  अभिनय तथा नृत्य हेर्न सकिन्छ।तिज गीत “शितलु” शितल शर्मा नामक युटुब च्यानल बाट सार्बजनिक भएको छ।

गीतको पूरा भिडियो हेर्नुहोस:

Loading...
प्रकाशित मिति २ श्रावण २०७७, शुक्रबार १२:०१