वडाअध्यक्ष बिष्टद्वारा राहत वितरण

  • गणेश साउद जिसी

काठमाडौं २ साउन / कोरोना भाइरस कोभिड १९ का विश्वनै गलिरहेको बेला नेपालले पनि यसको क्षति बेहोर्न परेको छ ।

कोरोना भाइरस रोकथाम र नियन्त्रणका लागि सरकारले गत चैत ११ गतेदेखि लामो समयसम्म लकडाउन घोषणा गरेपछि दैनिक ज्यालादारी गरेर गुजारा चलाउने मजदुरहरुको परिवारमा यतिबेला छाक टार्न धौधौ परेको बेला  डोटि दि सि नगरपालिका वडा न.७ का वडा अध्यक्ष कर्ण बिष्ट ले आफ्नो वडा र छिमेकी वडा दि सि नगरपालिका ८ गोदडा मा पनि सहयोग गरेका छन।

अध्यक्ष कर्ण बिष्ट ले बिहीबार आफ्नो वडा र छिमेकी वडा मा सहयोग राहत बितरण सहित केही रकम हस्तान्तरण गरेका हुन।

अध्यक्ष बिष्ट ले आगामी दिनहरु मा पनि आवश्यक सहयोग जारी राख्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

Loading...
प्रकाशित मिति २ श्रावण २०७७, शुक्रबार १५:३४